मध्यरात पक्राउ परे दुर्गा प्रसाईं
गएरातिको अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ ।
बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात अवरूद्ध भएको हो ।
केहि दिन अगाडी मात्रै पिच गरिएको सडक उप्किको छ भने सडकको करिव ८ मिटर भाग भासिएको छ ।
पानी रोकिएकाले अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा बर्दघाट र दुम्किबासमा सवारीहरू रोकिएका छन। सडक अवरुद्ध हुँदा सयौंको संख्यामा यात्रुहरु अलपत्रमा परेका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.