विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
गोरखा, गोरखाको धार्चे गाउँपालिका–५ रिसामा पहिरो जाँदा पाँचजना बेपत्ता भएका छन् । यस्तै, अन्य दुईजना घाइते भएका छन् ।
आज बिहान करिब तीन बजेतिर पहिरो जाँदा एउटा घर र एउटा कृषि फर्म पुरिँदा पाँचजना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
घटनबारे खबर प्राप्त हुनासाथ बेपत्ताको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रजिअ दाहालले जानकारी दिए ।
हालसम्म बेपत्ता भएका र घाइते भएकाको पहिचान खुल्न सकेको छैन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.