विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले कीर्तिपुरको मेयरका लागि डा। सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनी नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् । उनलाई आज एमालेले सर्वसम्मत मेयर बनाउने निर्णय गरेको हो ।
अन्य दलहरुले उम्मेदवारको टुंगो लगाउनेबारे छलफल गरिरहेका छन् ।
गत निर्वाचनमा कीर्तिपुर नगरपालिकाका मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी निर्वाचित भएका थिए । उनको गत साउन ११ गते निधन भएसँगै कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.