विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
यस वर्ष मधेश प्रदेशमा रासायनिक मलको अभाव नहुने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले जनाएका छन्।
दुवै संस्थाले पर्याप्त मल मौज्दात रहेको भन्दै मलको अभाव नहुने दाबी गरेका हुन्। कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत आयात गरेर अनुदानबापत किसानलाई कम मूल्यमा मल उपलब्ध गराउँदै आएका छन्।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय प्रमुख आमोज लामिछानेका अनुसार चालु आवमा ८,८४५.१५ मेट्रिक टन धेरै मल वितरण भइसकेको छ।
२०८१ असार २४ गतेसम्मको अवधिमा मधेश प्रदेशमा युरिया, डिएपी, र पोटास गरी ५२,६५२.३५ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ। यसमा युरिया मलको हिस्सा २७,६१४.२५ मेट्रिक टन, डिएपी २३,६८७.७० मेट्रिक टन र पोटास १,३६१.४० मेट्रिक टन रहेको छ।
गत आवमा प्रादेशिक कार्यालयले ४३,८०७.२० मेट्रिक टन रासायनिक मल वितरण गरेको थियो। यसमा युरियामल ३१,५८३.५५ मेट्रिक टन, डिएपी १२,२०१.३० मेट्रिक टन र पोटास २२.३५ मेट्रिक टन वितरण गरिएको थियो। यस वर्ष मलको अभाव नहुने अपेक्षा गरेका लामिछानेले भनेका छन्।
कार्यालयले मधेश प्रदेशका १,२७० वडामा १,०२९ डिलरमार्फत मल उपलब्ध गराउँदै आएको छ। साल्ट ट्रेडिङले मधेश प्रदेशका लागि २६.५० प्रतिशत, कोशी प्रदेशका लागि २१.५ प्रतिशत, लुम्बिनी प्रदेशका लागि २०.६ प्रतिशत, बागमती प्रदेशका लागि १४.८० प्रतिशत, सुदूरपश्चिम प्रदेशका लागि ९.७० प्रतिशत र कर्णाली प्रदेशका लागि दुई प्रतिशत कोटा निर्धारण गरेको छ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका कायममूकायम प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार चालु आवमा ९५,२०३.४० मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ।
यसमा युरिया ६०,६८२.२५ मेट्रिक टन, डिएपी २८,९६३.४० मेट्रिक टन र पोटास ५,५५७.७५ मेट्रिक टन रहेको छ। हालसम्म ८४,४२७.५० मेट्रिक टन मल मधेश प्रदेशसहितका अन्य जिल्लामा पठाइएको छ।
नेपाल किसान महासंघ पर्साका पूर्वअध्यक्ष असर्फी साहले समग्रमा मधेश प्रदेशमा रासायनिक मलको अभाव कायमै रहेको गुनासो गरेका छन्।
सरकारी निकायले पर्याप्त मात्र उपलब्ध गराएको दाबी गरे पनि कृषकले मल अभावको समस्या खेपिरहेका छन्। पटेवा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतोले पनि सरकारले किसानको मागअनुसारको मल उपलब्ध गराउन माग गरेकी छिन्।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.