इजरायल पुगेर विपीनकी आमाले हमासलाई गरिन छोरा फर्काउन आग्रह

छोरा विपीन जोशी रिहाइका लागि सोमबार इजरायल पुगेकी कञ्चनपुरकी पद्‌मा जोशीले रुँदै आफ्ना छोरा छाडिनदिन हमाससँग अनुरोध गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पस अध्ययनरत विपीन ‘लर्न एन्ड अर्न’ अर्थात् सिक्दै, कमाउँदै कार्यक्रममार्फत २०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

तर सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्ने क्रममा इजरायली नागरिकहरूसँगै उनलाई पनि लगेर गाजामा बन्धक बनायो।

इजरायलमा विपिन जोशीका आमा पद्‌मा र बहिनी पुष्पा। 

विपीन २०८० असोज २० गतेदेखि सम्पर्कविहीन छन्। उनी हमासकै कब्जामा रहेको भनिए पनि जीवित छन् कि छैनन्, अहिलेसम्म पुष्टि हुन सकेको छैन।

यसैबीच उनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन भनी उनका आमा पद्‌मा र बैनी पुष्पा सोमबार इजरायल गएका हुन्।

उनीहरू त्यहाँको बेन गुरियन विमानस्थलबाट बाहिर निस्किनासाथ पत्रकारहरूले घेरेका थिए।

द टाइम्स अफ इजरायलका अनुसार त्यस क्रममा विपिनकी आमा पद्‌माले रुँदै भनिन्, ‘कृपया १ मेरो छोरालाई बचाउनुहोस्।

हमास, ९उसलाई० तत्काल घर फिर्ता पठाइदेऊ। कृपया १ ९उसलाई० घर फर्काइदेऊ हमास। कृपया १ कृपया१’

विपीनकी बहिनी १७ वर्षीया पुष्पाले समर्थनका लागि इजरायली जनता र इजरायल ल्याइदिने सरकारी अधिकारीहरूलाई धन्यवाद दिइन्।

उनले भनिन्, ‘आफ्नो शैक्षिक कार्यक्रमअन्तर्गत पढ्न इजरायल आएको मेरो दाइ युद्धमा फस्यो जसँग उनको कुनै सरोकार छैन।’

पुष्पाले थपिन्, ‘हामी उनलाई फिर्ता चाहन्छौँ, यो म र मेरो परिवारका लागि अति भयो। लगभग दुई वर्ष भइसक्यो।

उनी त्यहाँ ९गाजामा० के गरिरहेका छन्, खाना पाइरहेको छ कि छैन रु औषधि पाइरहेको छ कि छैन रु ’

यसैबीच आज ‘द अस्ट्रेलियन’ पत्रिकाले हमासले बन्धक बनाएका र जीवित रहेको विश्वास गरिएकाहरूको सूची प्रकाशन गरेको छ।

तर, त्यसमा विपिन जोशीको नामरतस्बिर छैन।

+