विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
जलवायु परिवर्तनका कारण संकटमा परेका पर्वतीय तथा तटीय मुलुकहरूको आवाजलाई विश्वसामु बुलन्द पार्न नेपालले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद आज ९शुक्रवार० देखि काठमाडौंमा शुरू हुने भएको छ ।
जेठ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने सो संवादको शुक्रवार प्रधानमन्त्री केपी ओलीले भव्य कार्यक्रमका बीच उद्घाटन गर्ने छन् ।
सोल्टी होटलमा आयोजना गरिएको सो कार्यक्रम शुक्रबार विहान ९ः३० मा उद्घाटन गरिने सगरमाथा संवाद सचिवालयले जनाएको छ ।
जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्य’ भन्ने मूल नारासहितको यो उच्चस्तरीय अन्तर्राष्ट्रिय संवाद शुरू हुनेछ ।
सो संवाद कार्यक्रममा विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्री, विज्ञ र सरोकारवाला गरी ७ सयभन्दा बढीको सहभागिता रहनेछ ।
सरकारले प्रधानमन्त्री ओलीको अध्यक्षता तथा उच्च पदस्थहरू सदस्य रहेको स्टेरिङ कमिटी, परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाको अध्यक्षतामा व्यवस्थापन समिति तथा सरकारका मुख्य सचिव एकनारायण अर्यालको नियमित रेखदेख र निर्देशन हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सगरमाथा संवाद सचिवालय बनाएर कार्यक्रमलाई सफल पार्ने गरी सबै तयारी पूरा भइसकेको बताइएको छ ।
सो कार्यक्रमका लागि विश्वका विभिन्न देशबाट राष्ट्रप्रमुख, मन्त्री, विज्ञ र सरोकारवालासहित दुई सय ५० बढी प्रतिनिधिको सहभागिता रहने र बाँकी नेपालकै उच्चस्तरका अधिकारी, विज्ञ तथा विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्व रहने छ ।
सो कार्यक्रममा विज्ञहरूमार्फत १२ वटा प्यानल छलफल, चारवटा साइड इभेन्ट र थिमेटिक राउन्ड टेबलका माध्यमबाट जलवायु परिवर्तनको बहुआयमिक असरमाथि गहन बहस हुनेछ ।
संवादमा जलवायु न्याय र कूटनीति, पर्वतीय जीवन, हिमनदी संरक्षण, वातावरणीय न्याय, ग्रीन इकोनोमी र अन्तरदेशीय सहकार्य, जलवायु न्याय र मानवको भविष्य, जलवायु परिवर्तनमा एजेन्डामा सहकार्य र समन्वय, खाद्य सुरक्षा र जलवायु परिवर्तन, जलवायु परिवर्तन युवा शक्ति विज्ञान, प्रविधि र आविष्कार जस्ता विषय केन्द्रमा रहनेछन् ।
नेपालले यो संवादलाई विशेष महत्व दिएको छ । सरकारबाट यसअघि नै १७ वटा रणनीतिक निर्णय लिइसकिएको छ ।
कार्यक्रमबाट पर्वतीय मुलुक नेपालबाटै जलवायु परिवर्तनका प्रभावबारे विश्वस्तरमा गम्भीर सन्देश विश्व समुदायमा पु¥याउने लक्ष्य राखिएको छ ।
पेरिस सम्झौताअनुसार शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम १।५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने विश्व लक्ष्य भएपनि सन् २०५० भित्रै हिमाली क्षेत्रमा तापक्रम १।८ डिग्रीभन्दा माथि पुग्ने प्रक्षेपण वैज्ञानिकहरूले गरिसकेका छन् ।
यसले गर्दा हिमालका दुई तिहाइभन्दा बढी हिम–भण्डारहरू पग्लिने जोखिम उच्च रहेको विज्ञहरू बताउँछन् ।
यो अवस्था विशेष गरी जलस्रोत, कृषि, जैविक विविधता र मानव जीवनमा गहिरो असर पार्न सक्ने भएकाले नेपालले विश्वव्यापी चेतना जगाउने प्रयासका रूपमा सगरमाथा संवादलाई अघि सारेको हो ।
नेपालले दुईरदुई वर्षमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने निर्णयसमेत गरिसकेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.