जिल्लाको बारेकोट गाउँपालिका ६ धुमामा पहिरोले घर पुर्दा "> जिल्लाको बारेकोट गाउँपालिका ६ धुमामा पहिरोले घर पुर्दा "> जिल्लाको बारेकोट गाउँपालिका ६ धुमामा पहिरोले घर पुर्दा " />

कालीकोटको बारेकोट गाउँपालिका ६ धुमामा पहिरोले घर पुर्दा हराएका वडा सदस्य र उनका श्रीमान्‌को निकालियो शव

जिल्लाको बारेकोट गाउँपालिका ६ धुमामा पहिरोले घर पुर्दा हराएका वडा सदस्य र उनका श्रीमान्‌को शव निकालिएको छ ।

शनिबार राति आएको पहिरोले घर पुर्दा बारेकोट गाउँपालिका ६ की महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने र उनका श्रीमान् मानबहादुर समेत पुरिएका थिए ।

गाउँपालिका अध्यक्ष वीरबहादुर गिरिका अनुसार दुवैको शव आइतबार बिहान निकालिएको हो ।

यस्तै पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँ पठाइएको छ ।

उनको अहिले उपचार भइरहेको छ ।

+