विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सुनमा लगाइएको दोहोरो करले उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर परेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ देखि सुनका गरगहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि करका अतिरिक्त दुई प्रतिशत विलासिता करसमेत लगाउने भएको छ ।
आव २०८२र८३ को बजेटमार्फत सुन चाँदीमा दुई प्रतिशत विलासिता कर, हिरा जुवाहरत र पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० लाग्ने भएपछि व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर पर्न गएको हो । विलासिताका करका कारण सुनका गहना खरिद थप महँगो हुने भएको छ । यसले बजारमा सुनको कारोबार घट्न थालेपछि व्यवसायीलाई समेत असर पर्न गएको हो ।
चालु आव २०८१र८२ को बजेटमा १० लाख रुपियाँ बराबरको गहनाको कारोबार गर्दा दुई प्रतिशत विलासिता कर लाग्ने गरेको थियो । आगामी आवको बजेटमार्फत जुनसुकै परिमाणमा सुन गहनाको कारोबार गर्दा दुई प्रतिशत विलासिताको कर लाग्ने व्यवस्था गरिएको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सुनमा लगाइएको विलासिता करले उपभोक्ता र व्यवसायीलाई सिधै मार परेको बताउनुभयो । सरकारले राजस्व सङ्कलन गर्ने नाममा सुनको कारोबारमा दोहोरो कर लगाउँदा व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको शाक्यको भनाइ छ ।
“सुनको मूल्य बढेर दुई लाखनजिक पुगेर बजारमा माग नभई कारोबार नै घटेको अवस्था छ,” शाक्यले भन्नुभयो “यस्तो अवस्थामा थप विलासिता कर लगाउँदा सुनचाँदी व्यवसाय बन्द गर्नुपर्ने अवस्था भएकाले तत्काल सरकारले यसलाई पुनर्विचार गरेर तत्काल हटाउनु पर्छ ।”
महासङ्घका अनुसार पछिल्लो समय
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभावले स्थानीय बजारमा सुनको कारोबार ९० प्रतिशतले घटेको छ । निरन्तर मूल्य बढेका कारण बजारमा सुनको माग दैनिक पाँचदेखि १० किलो पनि नभएको शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो “आवश्यक पर्नेले पुराना गहना ल्याएर थपेर नयाँ लिएर जाने गरेको र यस्तो अवस्थामा करले थप मार पारेको छ ।”
हाल मुख्य मुख्य सहरका पसलमा फाट्टफुट्ट सुनको कारोबार भए पनि भित्री सुन पसल भने ठप्प अवस्थामा रहेको व्यवसायीको भनाइ छ ।
महासङ्घका अनुसार निरन्तर सुनको मूल्य बढ्दै जानु, उपभोक्ताको क्रयशक्ति न्यून हुँदा सुनचाँदीको कारोबार बढ्न सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
विलासिता कर र भ्याट हटाउन माग
यसैबिच नेपाल सुनचाँदी व्यवसायीले सुनचाँदीमा लगाइएको विलासिता कर र भ्याट खारेजीको माग गर्दै आइतबार प्रदर्शन गरेका छन् । आगामी आवको बजेटमा सुनचाँदीमा दुई प्रतिशत विलासिता कर र हिरा जुवाहरत र पत्थरको १३ प्रतिशत भ्याट लगाइएकोमा सो कर खारेजीको माग गर्दै व्यवसायी विरोधमा उत्रेका हुन् । ‘सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेज गर, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उपभोक्ता, कर्मचारी, कालिगडमैत्री ऐन तुरुन्त जारी गर’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर व्यवसायी प्रदर्शनमा उत्रिएका थिए ।
मूल्य तीन हजार घट्यो
साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपियाँले घटेको छ । निरन्तर बढ्दै गएको सुनको मूल्य आइतबार घटेर प्रतितोला एक लाख ९० हजार सात सय रुपियाँ कारोबार भएको महासङ्घले जनाएको छ । गत शुक्रबार प्रतितोला सुनको मूल्य एक लाख ९३ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदीको मूल्यसमेत सामान्य घटेर प्रतितोला दुई हजार १४५ रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.