विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
एक्कासि आएको बाढीले त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
नुवाकोटको विदूर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका नुवाकोट, विदूर नपा(१ लभडाँडा मिलन चौतारा बस्ने वर्ष ६७ को पाल्देन तामाङ र श्रीमती वर्ष ६२ को मंगली तामाङको उद्वार गरिएको विपद प्राधिकरणले जानकारी दिएको छ ।
उनीहरूको साढे २ घण्टापछि उद्वार गरिएको हो । उनीहरू त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको बर्षाको कारण एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेको थिए ।
बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसेका थिए । हावा र पानीको बहाबका कारण उद्धारमा कठिनाइ भएको थियो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.