संविधान संशोधन गर्ने नै भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऊँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आग्रह गरेका छन् ।

उनले संविधान संशोधन गर्ने हो भने खुला छलफल गर्न आह्वानसमेत गरेका छन् ।

उनले भने, ‘म भन्न चाहन्छु, ४७ सालदेखि ६३ सलसम्म तपाईँहरूले भनेको जस्तै व्यवस्था र अवस्था थियो नि ।

सदनमा प्रधानमन्त्रीको सम्बोधन : कांग्रेस-एमालेप्रति आगो, सरकारको उपलब्धिको बयान (पूर्णपाठ)

स्थायित्व थियो त त्यति बेला रु १६ वर्षमा १५ वटा सरकार बनाउने तपाईँहरू नै होइन ? स्थिरता हो त्यो ? समानुपातिक समावेशी नभएपछि सबै ठिक हुन्छ ? संविधान संशोधन नै गर्ने हो भने आउनुस् खुला छलफल गरौँ ।

प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऊँ । दलित र महिलाको प्रतिनिधित्व अझै बढाऊँ । विपन्न वर्गको पहुँच बढाएर लैजाऊँ ।’

+