विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
मधेस प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको र मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेस भवन अगाडि धर्नामा बसेका हुन् ।
माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालीन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए । उनले सर्वोच्च आदलतले मुख्यमन्त्री नियुक्तिको विषयमा गर्ने फैसला मधेसी जनताको पक्षमा गर्ने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले समेत सर्वोच्चको फैसलालाई आफूहरू सम्मान गर्ने बताउँदै त्यसपछि आफूहरू ७ दलिय गठबन्धनले छलफल गरी आन्दोलनको स्वरूपको विषयमा छलफल गर्ने बताए ।
७ दलिय गठबन्धनमा नेपाली कांग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा ९माओवादी केन्द्र०, लोसपा, नेपाल, नेकपा ९एकीकृत समाजवादी० र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । आइतबार उनीहरू नेपालको राष्ट्रिय झण्डा बोकेर धर्नामा बसेका हुन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.