विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
राजावादीहरूले राजसंस्थाको पक्षमा सुरु गरेको संयुक्त आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । आज समितिको चौँथो दिनको विरोध प्रदर्शन हो ।
आज नयाँ स्थान ९नारायणचौर० मा जनप्रदर्शनको कार्यक्रम भए पनि हिजोजस्तै बालुवाटार घेराउ गर्न जाने योजना बनाइएको छ । यसअघि गत जेठ १५ गते बिहीबारबाट संयुक्त जनआन्दोलन परिचालन समितिले विरोध प्रदर्शन सुरु गरेको हो ।
‘अवस्था बदल्न, व्यवस्था बदलौँ’ भन्ने मूल नारासहित गणतन्त्र स्थापना दिवसकै अवसरमा राजावादी शक्तिहरूले विरोध प्रदर्शन गरेका थिए ।
१५ गते शान्ति बाटिकामा प्रदर्शन गरेका राजावादीहरूले १६ गते माइतीघर, १७ गते बालुवाटार क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए । आज पुनः केहीबेरमा नक्साल नारायणचौरमा विरोध प्रदर्शन गर्ने तयारी गरेको राप्रपाका एक नेताले जानकारी दिए । उक्त आन्दोलनमा राप्रपा, राप्रपा नेपालका शीर्ष नेताहरूको उपस्थिति रहने गरेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.