मेलम्चीको पानी चक्रपथबाहिर पनि वितरण शुरु

काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउने घोषणासँगै काठमाडौँ उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय ९पीआइडी० ले काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना ९दोस्रो चरण० अन्तर्गत काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न सुरु गरेको हो ।

निर्देशनालयका निर्देशक टीकाबहादुर चौधरीका अनुसार नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्क ९एडीबी० को सहयोगमा काठमाडौँको बुढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, चन्द्रागिरि र भक्तपुरको सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको हो ।

उनले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१।३० किलोमिटरमा पानी वितरण सञ्जाल निर्माण सुरु भइसकेको जानकारी दिए ।

त्यसै गरी काठमाडौँ, कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा गरी कुल ७५।९८ किलोमिटर, मध्यपुर थिमी नगरपालिका क्षेत्रमा ३०८।१५ किलोमिटर, कपन र जोरपाटी उत्तरी क्षेत्रमा गरी २००।२३ किलोमिटर र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९।७४ किलोमिटर गरी कुल ८७५।४ किलोमिटर प्लास्टिक ९पिई० पाइप र ४६।४८ किलोमिटर फलामको ९डिआई० पाइप बिछ्याउन लागिएको हो ।

उनले भने , “यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माण कार्यलाई छिटोछरितो रूपमा अगाडि बढाउनका लागि भक्तपुर, कीर्तिपुर, थिमी, कपन र जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्र गरी विभिन्न पाँच चरण ९प्याकेज० मा वर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गर्न लागिएको हो ।”

खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिब ६३ हजार घरधुरी लाभान्वित हुने बताउँदै निर्देशक चौधरीले खानेपानी वितरण सञ्जाल निर्माण कार्य अबको तीन वर्षभित्र सम्पन्न हुने जानकारी दिए ।

निर्माण सम्पन्न भएको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र सञ्चालनसहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने उनले स्पष्ट पारे ।

यसअघि काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत उपत्यकामा करिब तिस किलोमिटर ‘प्राइमरी पाइपलाइन’ र ३३ किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ ।

त्यसै गरी आयोजनाको पहिलो चरणमै उपत्यकाका विभिन्न नौ स्थानमा दस वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीमा थोक रूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणालीका ७७ किलोमिटर पाइपलाइन बिछ्याउने कामसमेत सम्पन्न भइसकेको निर्देशक चौधरीले जानकारी दिए ।

+