विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जना प्रतिवादीसँग बयान सुरु भएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रास्वपा सभापति लामिछानेसहित ३९ जनासँग बयान सुरु भएको हो ।
यसअघि कास्की जिल्ला अदालतले लामिछानेलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको थियो । सो आदेशपछि काठमाडौंमा उनी आफै हाजिर हुने गरी छुटेका थिए । स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको छ ।
उक्त रकम अपलचनमा सरकारी वकिलको कार्यालय काठमाडौंले रविसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । रवि लामिछाने र जिबी राईको हकमा सहकारीबाट गएको पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ अपचलनको आरोप छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.