विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेज भएको छ । शुक्रवार न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको हो ।
प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर रिटमा गत भदौ ६ गते न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गरिदिएको थियो । अन्तरिम आदेशबाट उमेर हद नपुगी ३० वर्षे सेवा अवधिकै कारण अवकाशको पत्र दिएको भए कार्यान्वयन नगर्नु भनी आदेश भएको थियो ।
सर्वोच्चको अन्तरिम आदेश नमिलेको भन्दै उक्त आदेश खारेजीका लागि गृह मन्त्रालयका तत्कालीन सचिव ९हाल मुख्यसचिव० एकनारायण अर्यालले बुधवार भ्याकेट निवेदन दर्ता गराएका थिए । सो निवेदनपछि बिहीबार न्यायाधीशद्वय डा। नहकुल सुवेदी र विनोद शर्माको इजलासले दुवै पक्षलाई शुक्रवारका लागि छलफलमा बोलाएको थियो ।
शुक्रवारको सुनुवाइपछि इजलासले यसअघि एक न्यायाधीशको इजलासबाट भएको अन्तरिम आदेश खारेज गरिदिएको हो । अन्तरिम आदेश खारेज भएसँगै अब पुरानै व्यवस्था बमोजिम प्रहरी नियमावली अनुसार अवकाश हुनेछ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.