विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
जेनजी आन्दोलनको क्रममा महाराजगन्जस्थित प्रहरी वृत्तका दुई जना प्रहरीको हत्या गरेको आरोपमा थप पाँच जना पक्राउ परेका छन् ।
असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन् ।
उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.