विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौंमा आयोजित र्यालीमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोगलाई लिएर एमाले र राप्रपाबिच जुहारी चलेको छ । सो तस्बिरलाई लिएर चर्को आलोचना सुरु भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रवक्ता ज्ञानेन्द्र शाहीले योगी आदित्यनाथको तस्बिर स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन् ।
सांसदसमेत रहेका शाहीले सोमबार बिहान फेसबुकमा लेखेका छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ । नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि । विदेशीको एजेन्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ १ मार्क्स लेलिन, माओ कुन देशका हुन् रु’
शाहीले यो पोस्ट फेसबुकमा विष्णु रिमाललाई ट्यागसमेत गरेका छन् ।
एमाले उपमहासचिव रिमालले भने यसको खण्डन गरेका छन् । रिमालले लेखेका छन्, ‘काँक्रा चोरहरू काँक्रा चोर्छन्, खान्छन्, पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन् । दलालहरू पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि खाल जोगाउन त्यस्तै हर्कत् गर्छन् ।
एमाले उपमहासचिव रिमालले अगाडि लेखेका छन्, ‘डिसइन्फरमेसनको सहारामा एक्सिडेन्ट्ली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो । यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५र५ चोटि एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल जवाफ गर्नु छैन । कसले कहाँ के गर्दै छ– समाचार त आएकै छ नि १’
पोखराबाट फर्किएका पूर्वराजा शाहको स्वागतमा आइतबार काठमाडौँमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, दुर्गा प्रसाईं नेतृत्वको मातृभूमि बचाऊ अभियानलगायतको सहभागितामा राजावादीहरूले शक्ति प्रदर्शन गरेका थिए । त्यस क्रममा जुलुसमा पूर्वराजा ज्ञानेन्द्र शाहका साथै उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टी भाजपाका नेता योगी अंकित ब्यानर पनि देखिएको थियो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.