विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं आज बुधबार पनि पहिलो स्थानमै परेको छ । आज बिहान ६ः४५ बजेको मापनअनुसार काठमाडौंको एक्यूआई १८४ रहेको छ । मंगलबार बिहान ७ बजेको मापनमा काठमाडौंको एक्यूआई २६२ थियो ।
मंगलबारको तुलनामा प्रदूषण केही कम भए पनि यसलाई पनि स्वास्थ्यको दृष्टिकोणले खराब नै मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ ।
हावामा पीएम २।५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २०।४ गुणा बढी रहेको छ ।
काठमाडौंपछि भारतको नयाँ दिल्ली दोस्रो तथा चीनको वुहान तेस्रो स्थानमा रहेको छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः युगान्डाको कामपाला, इन्डोनेसियाको जकार्ता, इराकको बगदाद, भियतनामको हानोई, चीनको छेङ्दु, पाकिस्तानको लाहोर र चीनको सांघाई सहर रहेका छन् ।
उता, पूर्वी तराईमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । बुधबार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङलगायत जिल्लामा भीषण वर्षा भएको हो । वर्षा नहुँदा नेपालमा वायु प्रदूषण बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, आज काठमाडौंमा पनि वर्षाको सम्भावना छ । ‘काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा हल्का वर्षाको सम्भावना देखिएको छ,’ मौसमविद् रोजन लामिछानेले भने ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.