आज बजेट सार्वजनिक हुँदै, दिउँसो ३ बजे अर्थमन्त्रीले संसद्‌मा प्रस्तुत गर्ने

आर्थिक वर्ष २०८१र०८२ का लागि सरकारले आज नयाँ बजेट सार्वजनिक गर्दैछ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्ने तयारीमा छन्।

संघीय संसद् सचिवालयका अनुसार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा संविधानको धारा ११९ बमोजिम बजेट पेस गरिनेछ। महासचिव पदमप्रसाद पाण्डेयले दिएको जानकारीअनुसार संसद् सचिवालयले दुवै सदनका सांसदहरूलाई दिउँसो २स्४५ भित्रै प्रतिनिधिसभा कक्षमा उपस्थित हुन आग्रह गरेको छ।

यस बजेटले आर्थिक सुधार, विकास कार्यक्रम, रोजगारी सृजना, सामाजिक सुरक्षालगायत विषयमा कस्तो खाका ल्याउनेछ भन्नेमा आम जनसमुदायको चासो बढेको छ। बजेटमार्फत वर्तमान सरकारको प्राथमिकता, चुनौती र योजना सार्वजनिक हुने भएकाले अर्थमन्त्री पौडेलको प्रस्तुति प्रतीक्षित मानिएको छ।

+