विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले नेकपा एमालेमाथि भूमि हत्याउने प्रवृत्ति देखिएको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले “जहाँ खाली जग्गा, त्यहीं एमाले” भन्ने टिप्पणी गर्दै एमालेका नेताहरू गोकर्ण रिसोर्ट, लिचीबारी, गिरीबन्धु टी(स्टेट लगायतका ठूला जग्गाहरूमा आँखा लगाउने गरेको बताए।
उनले भूमि सम्बन्धी विधेयकमा कांग्रेस सांसदहरूले राखेका संशोधनमाथि छलफल गर्न नदिएको गुनासो गर्दै भूमिसुधार मन्त्रीको राजीनामाको माग पनि दोहोर्याए।
साथै, सङ्घीय निजामती ऐनको कुलिङ अफ पिरियड हटाउने प्रयास एमालेबाट भएको भन्दै अब त्यसबारे लुकाउनुपर्ने अवस्था नरहेको उल्लेख गरे।
कोइरालाले एमालेलाई छलकपट गर्ने पार्टीको रूपमा चित्रण गरेका छन्।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.