विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको निरीहताको कारण त्रिभुवन विश्वविद्यालय तालाबन्दीको सिकार भएको छ।
करिब एक साताअघि त्रिविका स्ववियु सचिव सिद्धान्त भट्टसँग ३६ बुँदे सहमति गरेको साता दिन पनि बित्न नपाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु९क्रान्तिकारी० सहित पाँच विद्यार्थी सङ्गठनले मंगलबार राति रेक्टर प्राडा खड्ग केसीको कार्यकक्षको गेटमा धर्ना बसेका छन्। धर्ना बस्ने सङ्गठनहरूमा अनेरास्ववियु,अखिल ९छैटौँ०, अखिल ९समाजवादी० र नेपाल समाजवादी विद्यार्थी युनियन छन् ।
धर्नाको कारण रेक्टर कार्यालयबाट हुने काम प्रभावित भएको छ। कहिले उपकुलपति त कहिले रेक्टर, प्रिन्सिपल कार्यालय र विभिन्न सङ्कायमा लगाएको ताला र धर्नाको कारण पठन पाठनमा गम्भीर असर परेको छ। विद्यार्थीले मात्र होइन मंगलबार त्रिवि प्राध्यापक सङ्घले समेत २१ गतेबाट उपकुलपति कार्यालयमा दैनिक १ घण्टा अनिश्चित कालिन धर्ना कार्यक्रम सार्वजनिक गरेका छन्।
यसअघि गएको २७ गतेदेखि कर्मचारीले पनि विविध माग राख्दै १९ गतेसम्मको लागि दैनिक १ घण्टा धर्ना जारी राखेका छन् । त्रिवि प्राध्यापक सङ्घले यही वैशाख २६ गते र बाँकी मंगलबार थप गरिएकासहित १० सूत्रीय माग अघि बढाएका छन् ।
त्रिवि प्राध्यापक सङ्घका अध्यक्ष प्राडा वशन्त ढकालले लामो समयदेखि राखेको मागप्रति बेवास्ता गरेको कारण आन्दोलन गर्नुपरेको बताउनुभयो। ‘हामीले रहरले आन्दोलन गरेका होइन, पदाधिकारीले बाध्य बनाएर आन्दोलन गर्नुपरेको हो।’
सङ्घले शिक्षक सहायक पदमा कार्यरत र स्थायी हुन छुटेका पूर्ववत् अवस्थामा विशेष आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने, पेन्सनको व्यवस्था गर्नुपर्ने, एक पटकका लागि उपप्राध्यापकलाई सह प्राध्यापक र सह प्राध्यापकलाई प्राध्यापकमा बढुवा गर्नुपर्ने, आंशिक व्यवस्थापनका शिक्षकलाई दरबन्दीमा लैजानुपर्ने, अवकाशको हद ६५ वर्ष बनाउनुपर्ने, प्राध्यापकको तलब सार्क स्तरको हुनुपर्ने माग राखेको छ।
माग पुरा नभए २१ गते आइतबारबाट दिउँसो २ देखि ३ बजेसम्म दैनिक धर्ना दिने कार्यक्रम रहेको जनाएको छ । सङ्घका कार्यवाहक महासचिव अजयकुमार पौडेलद्वारा मंगलबार राती जारी विज्ञप्तिमा माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । माग पुरा गर्ने विषयमा तीन पदाधिकारी उदासीन भएपछि बाध्य भएर प्राध्यापक , कर्मचारी र विद्यार्थी सङ्घ सङ्गठनहरू धर्नामा बसेका हुन ।
त्रिवि कर्मचारी सङ्घका अध्यक्ष छत्रबहादुर कार्कीले कर्मचारीहरूको माग पुरा नगरेको कारण निरन्तर आन्दोलन गर्नुपरेको बताउनुभयो । भन्नुभयो–‘अहिले एक घण्टा धर्ना गरेका छौ, सुनुवाइ नभए कडा आन्दोलन गर्नेछौ । कर्मचारी सङ्घले मङ्सिर २७ गते त्रिवि सभा हुनु अघि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै अघिल्तिर नाराबाजी गरेका थिए ।
सङ्घले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुनुपर्ने, निश्चित अवधिपछि स्वतः बढुवा हुनुपर्ने लगायतका माग राखेका छन् । यसअघि अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी सङ्गठनले केन्द्रीय क्याम्पस प्रमुख ९प्रिन्सिपल० को कार्यालयसहित ४ निकायमा तालाबन्दी गरेको छ । प्रिन्सिपलको कार्यालयमा तालाबन्दी गरेपछि प्रिन्सिपल ध्यानेन्द्र राई गत सोमबारदेखि कार्यालय प्रवेश गर्नुभएको छैन । संयुक्त विद्यार्थी सङ्गठनले प्रिन्सिपल कार्यालय,े सामान्य प्रशासन महाशाखा र भौतिक विज्ञान विभागमा तालाबन्दी गरेका हुन् ।
प्रिन्सिपलको कार्यकक्षमा तालाबन्दी गर्नुको मुख्य कारण एनपिएलमा त्रिविको जग्गा पार्किङको लागि भाडामा दिएको विषय मुख्य रहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको एनपीएलको पहिलो दिन स्ववियुका नाममा सवारी साधनबाट पार्किङ शुल्क उठाइएको थियो । उठेको शुल्क सार्वजनिक र छानबिन गर्नुपर्ने माग विद्यार्थी सङ्गठनहरूले राख्दै तालाबन्द गरेका हुन ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.