आन्दोलनरत शिक्षक र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता

सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुबीच वार्ता सुरु भएको छ ।

सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहान ८ः ५ बजेदेखि बैठक सुरु भएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता सुरु भएको मन्त्रालयले बताएको छ ।

वार्तामा सरकारको तर्फबाट मन्त्री पन्त र मन्त्रालयका शिक्षा सचिव डा। दीपक काफ्ले छन् भने आन्दोलनरत नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली , महासचिव मदनराज जोशी, महासचिव तुलाबहादुर थापा, लगायत २५ जना सहभागी छन् ।

मन्त्रालयले हिजो आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउनको लागि आव्हान गरेको थियो ।

+