टानको निर्वाचनमा दुवै समूहले गरे उम्मेदवारी दर्ता

आगामी भदौ १७ अर्थात् सेप्टेम्बर २ मा हुने टानको निर्वाचनका लागि दुवै समूहले आफ्नो प्यानलकै उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार मालीगाउँस्थित टानको कार्यालय पुगेर दुवै समूहले आफ्नो उम्मेदवारी दर्ता गराएको हो ।

एमालेनिकट पर्यटन सङ्गठनबाट आउटडोर हिमालयन ट्रेक्सका राजेन्द्रप्रसाद सापकोटा अध्यक्ष पदमा उम्मेदवार बनेका छन् भने समावेशी टिमबाट सागर पाण्डेले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसनिकट पर्यटन संघको समेत सहयोगमा सापकोटा अध्यक्ष पदमा उम्मेदवार बनेका छन् भने माओवादीनिकट मानिएका पाण्डे समावेशी टिम लिएर मैदानमा उत्रिएका छन् ।

सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सह कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदवारी दिएका छन् ।

त्यसै गरी सापकोटाको समूहबाट सदस्यहरूमा पवित्रा तामाङ, विकास गुरुङ, भुवन बहादुर खड्का, दिनेशप्रसाद तिम्सिना, सागर राई, छाप्ते लामा, विश्व दाहाल, सुमन अर्याल र राजु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

यता सागर पाण्डेको समूहबाट वरिष्ठ उपाध्यक्षमा यसअघि प्रथम उपाध्यक्ष रहिसकेका चोलेन्द्र बहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । प्रथम उपाध्यक्षमा दावा लामा ९तामाङ०, द्वितीय उपाध्यक्षमा निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सह कोषाध्यक्षमा डम्बर बहादुर अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

पाण्डेको समूहबाट कार्यसमिति सदस्यहरूमा सृष्टि भण्डारी, अम्बिर बहादुर गुरुङ, माधवकुमार धमला, बिनोद कुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, शिवप्रसाद सिलवाल, उत्सव ढकाल र फुर्पु छिरिङ ल्होमी ९भोटे०ले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

काँग्रेससहितको समर्थनमा एमालेनिकट पर्यटन संगठनका राजेन्द्रप्रसाद सापकोटा अध्यक्ष पदका प्रबल दाबेदार मानिन्छन् । यद्यपि सागर पाण्डेले बनाएको समावेशी टिममा पनि काँग्रेस र एमालेबाटै विद्रोह गरेका केही व्यक्तिहरूसमेत रहेकाले क्रस भोटिङ हुने सम्भावनासमेत उत्तिकै छ ।

यस पटक एमाले र अर्को पटक काँग्रेसले टानको अध्यक्ष पाउने गरी यस पटक एमालेले अध्यक्ष र काँग्रेसले महासचिव पाउने गरी भागबन्डा गरिएको छ । क्रस भोटिङ नभएको अवस्थामा सापकोटा प्यानलका उम्मेदवार विजयी हुने सम्भावना भने प्रबल छ ।

राजेन्द्रप्रसाद सापकोटा प्यानल

१। राजेन्द्रप्रसाद सापकोटा अध्यक्ष

२। कर्मा शेर्पा वरिष्ठ उपाध्यक्ष

३। विष्णु प्रसाद लम्साल प्रथम उपाध्यक्ष

४। सनम शेर्पा द्वितीय उपाध्यक्ष

५। राजेन्द्रप्रसाद सुवेदी महासचिव

६। रिञ्जी जाङ्बु शेर्पा सचिव

७। गौतम राज वाग्ले कोषाध्यक्ष

८। लाक्पा तेम्बा शेर्पा सह कोषाध्यक्ष

सदस्यहरू

१। पवित्रा तामाङ ९महिला सदस्य०

२। विकास गुरुङ

३। भुवन बहादुर खड्का

४। दिनेशप्रसाद तिम्सिना

५। सागर राई

६। छाप्ते लामा

७। विश्व दाहाल

८। सुमन अर्याल

९। राजु गुरुङ


सागर पाण्डे प्यानल

१। सागर पाण्डे अध्यक्ष

२। चोलेन्द्र बहादुर कार्की वरिष्ठ उपाध्यक्ष

३। दावा लामा ९तामाङ० प्रथम उपाध्यक्ष

४। निशेष थापा द्वितीय उपाध्यक्ष

५। सोनाम ग्याल्जेन शेर्पा महासचिव

६। सजना त्रिपाठी सचिव

७। गणेश प्रसाद न्यौपाने कोषाध्यक्ष

८। डम्बर बहादुर अधिकारी सह कोषाध्यक्ष

सदस्यहरू

१। सृष्टि भण्डारी ९महिला सदस्य०

२। अम्बिर बहादुर गुरुङ

३। माधवकुमार धमला

४। बिनोद कुमार तामाङ

५। मेरे काकी

६। होमबहादुर विश्वकर्मा

७। शिव प्रसाद सिलवाल

८। उत्सव ढकाल

८। फुर्पु छिरिङ ल्होमी ९भोटे०

+