नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिँदै

नवनियुक्त प्रदेश प्रमुखहरूको शपथग्रहण आज हुने भएको छ । राष्ट्रपति निवास शीतल निवासमा तीनै प्रदेशका प्रमुखले साँझ ५ बजे शपथ लिनेछन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रमुख नियुक्त गरिएको जनाएको छ ।

यसअघि यी प्रदेशमा नेकपा एस निकट यादवचन्द्र शर्मा ९बागमती० तथा माओवादी निकट, अमिक शेरचन ९लुम्बिनी० र तिलक परियार ९कर्णाली० थिए ।

+