रास्वपा बैठक बस्दै, मुकुलमाथि थप कारबाही गर्ने तयारी

आजको बैठकमा यसअघि पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा। मुकुल ढकालमाथि अनुशासनको कारबाहीबारे छलफल हुने रास्वापाले जनाएको छ ।

रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा। ढकाललाई साधारण सदस्यबाट पनि हटाउने विषयमा छलफल गर्न लागेको हो ।

ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार गर्नुभएको थियो । उक्त प्रतिवेदन सर्वाजनिक भएपछि उहाँ माथि रास्वापले कारबाही गरेको थियो ।

आजको बैठकमा आगामी असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।


+