विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
अब आवासीय घर निर्माण वा खरिदका लागि बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ ।
गभर्नर डा। विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था गरिएको जानकारी गराएका हुन् ।
यसअघि २ करोडसम्म घरकर्जा पाइनेमा त्यसको दायरा बढाएर ३ करोडसम्म पुर्याइएको हो ।
गभर्नर पौडेलले पहिलो निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा ७० प्रतिशत बनाइने घोषणा गरे ।
गभर्नर पौडेलका अनुसार बैंकदर ६ प्रतिशत, निक्षेप सङ्कलन दर २।७५ र नीतिगत दर ४।५ कायम गरिएको छ ।
त्यस्तै राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा विस्तारको लक्ष्य समेत १२ प्रतिशत राखिएको जानकारी गराए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.