हेटौंडा, "> हेटौंडा, "> हेटौंडा, " />

वागमती प्रदेश सरकारमा कांग्रेसका तीन मन्त्रीले लिए शपथ

हेटौंडा, वागमती प्रदेशमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी तीनजना मन्त्रीले शपथग्रहण गरेका छन् ।

कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन् ।

उनीहरूको विभाग कांग्रेसका अन्य मन्त्रीहरूको छनोटपछि तोकिने बताइएको छ ।

आजै मुख्यमन्त्री बहादुर सिंह लामासहित एमालेका ६ जना मन्त्रीहरूले पनि शपथ लिएका थिए ।

+