विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति कालीदास धौबजीले नेपाल–भारत सीमा क्षेत्रमा सहका"> सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति कालीदास धौबजीले नेपाल–भारत सीमा क्षेत्रमा सहका"> सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति कालीदास धौबजीले नेपाल–भारत सीमा क्षेत्रमा सहका" />
सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति कालीदास धौबजीले नेपाल–भारत सीमा क्षेत्रमा सहकार्य गर्नेबारेमा दुई देशका डीआईजीस्तरको समन्वयात्मक (कोअर्डिनेसन) बैठकको खर्चमा समेत अनियमितता गरेको खुलासा भएको छ ।
गत कात्तिक ६ गते बर्दिबासमा भएको सो बैठकको खर्च राज्यको तर्फबाट गर्नुपर्नेमा बाहिनीपति धौबजीले मधेश प्रदेशका ८ वटा गण र दुई वटा रिजर्भ गणबाट भाग नै लगाएर असुलेका छन् । स्रोतका अनुसार, आठ वटा गणबाट प्रतिगण ९६ हजार ८ सय रुपैयाँ र २ वटा रिजर्भ गणबाट ५० हजारका दरले उनले रकम असुलेका हुन् ।
सो बैठकमा भारतका डीआईजी, बटालियन कमान्डरहरूको उपस्थिति रहेको थियो । नेपालतर्फबाट भने बाहिनीपति डीआईजी धौबजी, सहायक बाहिनीपति, मधेश प्रदेशका जिल्लाका गणपतिको उपस्थिति रहेको थियो । बैठकमा आपसी समन्वय तथा सहकार्य गरी बोर्डर इलाकाको सरसफाइ पोष्टहरूको निर्माण, बोर्डर पिलरहरूको मर्मत सम्भार जस्ता कुराहरूबारे छलफल भएको थियो ।
तर, बैठकको खर्च भने बाहिनी कार्यालयबाट नतिरी गणहरुलाई तिर्न लगाएको भन्दै गणपतिहरु रुष्ट बनेका छन् । बैठकमा भएको खर्चभन्दा बढीको बिल बनाएर रकम असुलेको आरोप पनि गणपतिहरुले लगाएका छन् । कोअर्डिनेसन मिटिङको खर्च बाहिनीको शिष्टाचार पाहुना खर्चअन्तर्गत आएको बजेटबाट गर्नुपर्ने हुन्छ । तर भारतीय समकक्षीसँग राखिएको बैठकको खर्च गणपतिबाट उठाएर अतिथि सत्कारका लागि राखिएको रकम कुन कोषबाट खर्च गर्ने भन्ने प्रश्न डीआईजीमाथि धौबजीमाथि उठेको छ ।
सशस्त्र प्रहरीमा डीआईजी धौबजीलाई पदीय आचारणअनुरुपको काम नगर्ने, पैसाका लागि जस्तोसुकै काम गर्न पनि पछि नपर्ने, मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई मानवीय व्यवहार पनि नगर्ने अधिकृतका रुपमा चिनिन्छ । बाहिनीपतिका रुपमा उनको सात महिने कार्यकालमा मधेस प्रदेशमा दुई जना सशस्त्र प्रहरी अधिकृतले अनाहकमा ज्यान गुमाइसकेका छन् । केही दिनअघि मात्रै सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सर्लाहीमा भेप तस्करीको आशंकामा बस रोक्न खोज्दा सोही बसले बसले किचेर मृत्यु भएको थियो ।
सशस्त्र प्रहरी नायब निरीक्षक ९सई० लक्ष्मणकुमार यादवलाई मंसिर १६ गते मदिरा तस्करीको गाडीले किचेर मारिएको परिवारजनको आरोप छ । नेपाल–भारत सीमाक्षेत्र बरियारपट्टी गाउँपालिका–१ कचनारीमा त्यस दिन मदिरा तस्करले सई यादवको किचेर हत्या गरेका थिए । गस्तीमा खटिएका यादवले मदिरा बोकेको जिपलाई रोक्ने क्रममा उनलाई ठक्कर दिएर भागेको थियो । गाडीले ठक्कर दिएर मृत्यु हुनुअघि सई यादवले डीआईजी धौबजीले मदिरा तस्करी नरोक्न दबाब दिएको पनि बताएका थिए ।
उनको यस्तो आचरणका कारण सशस्त्र प्रहरी मुख्यालयले केही दिनअघि सोधपुछका लागि समेत बोलाएको थियो । तर उनले सशस्त्र प्रहरी महाननिरीक्षक राजु अर्याल, अतिरिक्त महानिरीक्षकहरुलाई आफूले राम्रो काम गरेको, गणपति र गुल्मपतिहरुले मासिक रुपमा आफूलाई पैसा दिन आएपनि आफूले अस्वीकार गरेको, तस्करी नियन्त्रणमा राम्रो काम गरेको जवाफ दिएका थिए । त्यसपछि उनी र काठमाडौं बोलाइएका गणपति, गुल्मपति र बीओपीपतिलाई १५ दिनभित्र रिजल्ट देखिने गरी काम गर्न भन्दै फिर्ता पठाइएको थियो ।
धौबजी यस्ता भाग्यमानी डीआईजी हुन्, जो डीआईजी भएपछि लगातार कमान्डमा छन् । डीआईजी भएपछि सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा पहिलो कमान्ड गरेका उनको त्यसपछि नम्बर ४ बाहिनी पोखरामा सरुवा भएको थियो । पोखरा बाहिनीबाटै उनी नम्बर २ बाहिनीमा सरुवा भएका थिए । धौबजी शक्तिकेन्द्रलाई रिझाउन माहिर व्यक्तिका रुपमा समेत चिनिन्छन् ।
उनको यी तीनओटै कमान्ड भने विवादमुक्त रहेन । उनीमाथि सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थको समादेशक रहेका बेला म्युजियम बनाउन भन्दै मातहतको तालिम कार्यालयबाट ठूलो मात्रामा रकम उठाएको तर नाम मात्रको भवन बनाएको आरोप लागेको थियो ।
उनको यी तीनओटै कमान्ड भने विवादमुक्त रहेन । उनीमाथि सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थको समादेशक रहेका बेला म्युजियम बनाउन भन्दै मातहतको तालिम कार्यालयबाट ठूलो मात्रामा रकम उठाएको तर नाम मात्रको भवन बनाएको आरोप लागेको थियो ।
यस्तै पोखरामा हुँदा बाहिनीपति निवासनजिकै गेष्ट हाउस बनाउने भन्दै मातहतका कार्यालयबाट ठूलो मात्रामा रकम उठाएको आरोप लागेको थियो । पोखरामा हुँदा मातहतका गणपति र गुल्मपतिबाट मासिक रुपमा रकम उठाएको आरोप पनि उनीमाथि छ । उनी बाहिनीपति रहेकै बेला तनहुँस्थित गणका गणपति कमल गैरेलाई सशस्त्र मुख्यालयले फिर्ता बोलाएको थियो । डीआईजी धौबजीलाई नियमित रुपमा रकम बुझाउनु पर्ने भएपछि तत्कालीन गणपति गैरेले ठूलो संख्यामा सशस्त्र कर्मचारी ‘आउट’ छाडेर राशनको रकममा घोटाला गरेका थिए ।
यस्तै, मधेस प्रदेशको बाहिनीपति भएपछि पनि उनले अन्य ठाउँमा जस्तै त्यहाँ पनि भवन बनाउने भन्दै त्यस क्षेत्रका व्यापारी र सशस्त्र प्रहरीका गणपति, गुल्मपति र बेसपतिहरु रकम उठाएका थिए । डीआईजी धौबजीले जथाभावी रुपमा रकम माग्न थालेपछि व्यापारी र सशस्त्र प्रहरीकै अधिकृतहरुले सशस्त्र मुख्यालयमा गुनासो नै गरेका थिए । उनीमाथि रासनको पैसा खान बाहिनीमा कार्यरत आधाभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरु छाड्ने गरेको आरोप पनि छ ।
काठमाडौं कोटेश्वर घर भएका उनले अवैधरुपमा आर्जन गरेको रकमबाट बारास्थित सशस्त्र प्रहरी गणसँगै दुई बिघा, खोटाङको सशस्त्र प्रहरी गुल्मसँगै एक बिघा जग्गा जोडेका छन् । यस्तै, भक्तपुरको कौशलटारमा तीन रोपनी क्षेत्रफलमा बनेको ४० ओटा सटर भएको घर, बोडेगाउँमा पनि जग्गा छ । नीलबाराही गणको गणपति हुँदा उनले एपीएफ अस्पताल बलम्बुनजिक दुई रोपनी जग्गा किनेका थिए । उनले सशस्त्र प्रहरी बलमा आएपछि २० करोड रुपैयाँभन्दा बढी रुपैयाँ अवैध रुपमा कमाएको समाचार स्रोतको भनाइ छ ।
डीआईजी धौबजी २०५२ साल असोज २६ गते नेपाल प्रहरीमा प्राविधिक नायब निरीक्षक ९सई० मा प्रवेश गरेका व्यक्ति हुन् । प्राविधिक पृष्ठभूमि भएकाले उनीमा कमान्ड कन्ट्रोल पनि देखिँदैन । प्राविधिक सईमा प्रवेश गरेर डीआईजी बनेका उनलाई नेपाल प्रहरीका अधिकृतहरुले डीआईजीका रुपमा स्वीकार्न नसकेको स्रोतको भनाइ छ । क्षेत्रीय तहमा नेपाल प्रहरीका अधिकृतसँग पनि उनको राम्रो सम्बन्ध छैन ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.