चैते दसैँको दिन शनिबार सेतो मच्छिन्द्रनाथक"> चैते दसैँको दिन शनिबार सेतो मच्छिन्द्रनाथक"> चैते दसैँको दिन शनिबार सेतो मच्छिन्द्रनाथक" />

चैते दसैँको अवसर पारेर शुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा

चैते दसैँको दिन शनिबार सेतो मच्छिन्द्रनाथको जात्रा शुरु भएको छ ।

अपराह्न ४स् ०० बजेबाट मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराज गराइए पश्चात सो जात्रा रथयात्राको रुपमा अगाडि बढेको हो ।

शनिबार नै तीनधारा पाठशालाबाट रत्नपार्क हुँदै असन चोकसम्म रथायात्रा गरिएको हो ।

रथयात्राको दोस्रो दिन भने असनबाट बालकुमारी इन्द्रचोक, मखन हुँदै हनुमानढोका दरबार परिसरसम्म पुर्‍याइन्छ भने रथयात्राको तेस्रो दिन हनुमानढोका, मरु, चिकंमुगल जैसीदेवल हुँदै लगन पुर्‍याए पछि रथायात्रा सम्पन्न हुनेछ ।


लगनमा रहेको आमा रुख परिक्रमापछि भने रथबाट आर्यालोकितेश्वरको मूर्तिलाई निकाली खटमा राखी लगन, ज्याबहाल, द्यःलं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल ल्याइ पुन मन्दिरमा प्रतिस्थापन गरिन्छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथयात्रा शुरु हुन्छ ।

राजा शिवसिंह मल्लले ने।स। ७०८ देखि करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मच्छिन्द्रनाथको मूर्ति राखेर रथयात्रा गर्ने परम्परा चलिआएको छ ।

blog

+