पुल भाँचिएपछि यात्रुको बिचल्ली, वैकल्पिक मार्ग नहुाँदा सकस

नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपुरको मध्यबिन्दू नगरपालिका–६ चोरमारस्थित गिरूबारी खोलाको पुल भाँचिएपछि यात्रुको बिचल्ली भएको छ ।

शनिवार राति साढे ८ बजेदेखि पुल भाँचिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

भाँचिएको पुल मर्मत गरी सञ्चालन गर्न सम्भव नभएको र नयाँ पुल बनिहाल्ने अवस्थामा नरहेका कारण यात्रुलाई समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

सडक विभागले डाइभर्सन नबनाएसम्म गाडी सञ्चालन गर्न नसकिने उनको भनाइ छ ।

प्रहरी उपरीक्षक ढकालका अनुसार साना तथा हलुका सवारी साधन भने लामो मार्ग भएर गिरुबारीका भित्री सडकबाट पार हुने गरेका छन् भने ठुला बस तथा मालवाहक गाडी बिच बाटोमै रोकिएका छन् ।

बिहान ५ बजेसम्म दाउन्नेको सडक विस्तारका लागि रोकिएका गाडीहरू ५ बजेपछि छोडिएकाले अव झन ठूलो जाम हुने जिल्ला ट्राफिक प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले बताए ।

ओभर लोडले जोखिममा पुल

ओभर लोडका कारण पुल भाँचिएको प्रहरीले जनाएको छ । पुलमा म।प्र।०३–००१ क ३१६३ नं।को ९१८ चक्के टेलर० किलिङ्गर ९कच्चा पदार्थ० बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जाँदै गरेको टेलर पुलमा हिँड्दै गर्दा पुल भाँचिएको थियो ।

यसअघि २०७९ साल असारमा पनि ओभर लोडकै कारण पुलको बिच भाग चर्किएको थियो ।

त्यस बेला तात्कालीन रूपमा मर्मत गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएको उक्त पुल पुनः भारी सवारीसाधनको अत्यधिक भारका कारण भाँचिएको हो ।

प्रहरी उपरीक्षक ढकालका अनुसार ओभरलोडका कारण पुलको एक भागमा क्षति देखिएपछि यातायात अवरुद्ध भएको हो ।

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित बिनयी खोलाको पुल भाँचिदा ३४ घण्टासम्म पूर्व–पश्चिम राजमार्ग ठप्प भएको थियो ।

हजारौँ यात्रु अलपत्र पर्नुका साथै खाद्यान्न, औषधि, निर्माण सामग्री ढुवानीसमेत प्रभावित भएको थियो ।

हाल सो पुल डाइभर्सनमार्फत सञ्चालनमा आए पनि बाढीले दुई पटकसम्म डाइभर्सन बगाइसकेको छ ।

यसअघि नवलपुरको गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए ।

५० वर्ष पुराना अधिकांश फलामे पुल जीर्ण अवस्थामा रहेका छन् । यी पुलहरू विगत १० वर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ ।

नारायणघाट– बुटवल सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरू सञ्चालन गर्ने गरिएको छ ।


+