विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८१ का लागि नयाँ शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ। २०८१ असार २५ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकमा निर्णय नम्बर १९६ मार्फत यो क्यालेन्डर पारित गरिएको हो। शिक्षाध्यक्ष प्रा.डा. खड्क केसीले शैक्षिक क्यालेन्डर लागू गर्न सबै मातहतका निकायहरूलाई निर्देशन दिएका छन्। यसमा त्रिवि अन्तर्गतका अध्ययन संस्थान, संकाय, आङ्गिक क्याम्पस, केन्द्रीय विभागहरू तथा अन्य कार्यक्रमहरू समावेश छन्।
शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयनको अनुगमन गर्न त्रिविले एक समिति पनि गठन गरेको छ। समितिले नियमित रूपमा क्यालेन्डरको अनुपालन स्थिति अनुगमन गर्नेछ। शिक्षाध्यक्ष केसीले समितिको कार्यको महत्त्वलाई जोड दिँदै भनेका छन् कि यो कदमले त्रिविमा शैक्षिक प्रक्रिया सुव्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
स्नातक तहको सेमेस्टर प्रणालीमा, पहिलो सेमेस्टरका लागि आवेदन साउनको दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म खुला हुनेछ। भदौको तेस्रो हप्तामा प्रवेश परीक्षा सम्पन्न हुनेछ र असोजदेखि कात्तिकको बीचमा विद्यार्थीहरूको भर्ना प्रक्रिया सम्पन्न हुनेछ। कक्षा मङ्सिरको पहिलो हप्तादेखि शुरू हुनेछ भने परीक्षा माघको चौथो हप्तामा सञ्चालन गरिनेछ। पहिलो सेमेस्टरको नतिजा २०८२ वैशाखको चौथो हप्तामा प्रकाशित गरिनेछ।
वार्षिक प्रणाली अनुसार, स्नातक तह प्रथम वर्षका लागि साउनको दोस्रो हप्तादेखि भदौको तेस्रो हप्तासम्म भर्ना प्रक्रिया चल्नेछ। कक्षा भदौको चौथो हप्तादेखि प्रारम्भ हुनेछ। चैतको चौथो हप्तामा परीक्षा फारम खुल्नेछ र २०८२ जेठको पहिलो हप्तामा कक्षा समाप्त हुनेछ। परीक्षा २०८२ जेठको चौथो हप्तादेखि सञ्चालन हुनेछ र नतिजा २०८२ असोजको दोस्रो हप्तामा प्रकाशित हुनेछ। स्नातकोत्तर तहको पहिलो सेमेस्टरका लागि आवेदन फारम २०८१ को मङ्सिरमा खुल्नेछ, प्रवेश परीक्षा पुसमा हुनेछ र कक्षा माघ १ गतेदेखि सञ्चालन हुनेछ। परीक्षा चैतको चौथो हप्तादेखि सुरु भई २०८२ असारको चौथो हप्ताभित्र नतिजा प्रकाशित हुनेछ।

हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.