सुनसरीमा टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला

सुनसरीको गढी गाउँपालिका–२ थलाहामा एक पुरुषको शव विभत्स अवस्थामा फेला परेको छ ।

मृत अवस्थामा भेटिनेमा सोही स्थानका ५० वर्षीय ज्ञानचन ऋषीदेव रहेको गाउँपालिका अध्यक्ष आश नारायण चौधरीले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार यो घटना भएराति घटेको हो । ज्ञानचन सोही स्थानमा ज्याला मजदुरी गर्ने व्यक्ति हुन् । गए राति त्यहाँ भोज रहेको र खानपिन सकिएपछि सबैजना आ–आफ्नो घर गएपछि उनको हत्या भएको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।

‘थलाहामा ज्ञानचनको घरै नजिकै राति भोज थियो । भोज सकिएपछि सबै आ–आफ्नो घरतर्फ लागेपछि उनको हत्या भएको देखिन्छ,’ उनले भने ।

उनका अनुसार ज्ञानचनको टाउको र शरिर छुट्टिएको अवस्थामा शव फेला परेको हो ।

‘शवको टाउको र शरिर छुट्टिएको अवस्थामा भेटिएको छ ,’ उनले भने ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

+