विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रपरिषद्को बैठकले नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चीन, अस्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्काका राजदूतहरूलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘मित्र राष्ट्रहरू चीन, अस्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी मिति २०८१ भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको छ ।
राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
सरकारले राजदूतमा सिफरिस गरेका व्यक्तिहरुको नाम स्
१। डा।शंकरप्रसाद शर्मा – भारत
२। कान्ता रिजाल –अष्ट्रेलिया
३।नरेशबिक्रम ढकाल –साउदी अरेबिया
४। प्रा। डा।कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५। धनप्रसाद पण्डित – इजरायल
६।रामकृष्ण भट्टराई – श्रीलंका
७। सनिल नेपाल – स्पेन
८। डा। शैल रुपाखेती – जर्मनी
९। लोकदर्शन रेग्मी – अमेरिका
१०। चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
११। डा। शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
१२।जंगबहादुर चौहान – रुस
१३।रमेशचन्द्र पौडेल – कतार
१४।प्रा।डा।कृष्णप्रसाद ओली – चीन
१५।सुम्निमा तुलाधर – डेनमार्क
१६। नेत्रप्रसाद तिमल्सिना – मलेसिया
१७। प्रकाशमणि पोखरेल – पोर्चुगल
१८। रीता धिताल – पाकिस्तान
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.