आज नागढुंगादेखि झ्याप्लेखोला सडक खण्डमा दुई घण्टा सवारी साधन चलाउन नपाइने

पृथ्वी राजमार्ग हुँदै काठमाडौं भित्रिने मुख्य नाका नागढुंगादेखि धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोला सडक खण्डमा आज दुई घण्टा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

आज बिहान एकतर्फी मात्रै सवारी साधन चलाइएको सो सडक खण्डमा ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले मोटरसाइकल पनि रोकेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बाटोमा भएको पहिरो पन्छाउन लागिएकोे जनाए । पहिरो पन्छाएर दुईतर्फी नै सडक सञ्चालनका लागि यो काम गरिएको उनको भनाइ छ ।

झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् ।

+