विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
आर्थिक वर्ष २०८१र८२ को पहिलो महिनामा रेमिट्यान्समा अघिल्लो वर्षको तुलनामा निकै सुधार देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को पहिलो महिनाको तथ्यांकअनुसार नयाँ आर्थिक वर्षको पहिलो महिना साउनमा रेमिट्यान्स आप्रवाह १८।० प्रतिशतले वृद्धि भएको छ । यो महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो रेमिट्यान्स ८७ करोड ९८ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९,१५२ र १६,४२३ रहेको थियो ।
यस वर्ष नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको छ भने पुनः श्रम स्वीकृतिमा विदेश जानेको संख्या बढेको देखिन्छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.