तिलिचो बेस क्याम्पमा फसेका ११ जना पर्यटकको उद्धार

मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेस क्याम्पमा हिमपातका कारण अलपत्र परेका १३ जना आन्तरिक तथा विदेशी पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आज बिहानै ६ बजे उद्धार कार्य सम्पन्न गरिएको हो । उद्धार गरिएका मध्ये ११ जना नेपाली र २ जना चिनियाँ नागरिक रहेका छन् ।

पहिलो जानकारीअनुसार बेस क्याम्पमा १५ जना ९१३ नेपाली र २ चिनियाँ० पर्यटक अलपत्र परेको खबर प्राप्त भएको थियो । तर उद्धार टोली पुगेपछि १३ जना मात्र फेला परेका सशस्त्र प्रहरीले जनाएको छ ।

उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त फौज र मेडिकल टोली खटाइएको थियो ।

उद्धार गरिएका मध्ये एक जना महिला बिरामी छिन् भने एक पुरुषको खुट्टामा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ । साथै सबैमा अक्सिजनको स्तर कम रहेको पाइएको र उनीहरूलाई आवश्यक उपचारका लागि सुरक्षित स्थानमा ल्याइएको छ ।

+