विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको छ । गत शुक्रबार उपचारको क्रममा सुत्केरी मीना राईको मृत्यु भएपछि अस्पतालमा आफन्तले प्रदर्शन तथा तोडफोड गरेका हुन् ।
अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनका आफन्तले हिजो देखि नै प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका क्रममा अस्पताल परिसरमा ढुंगामुढा र तोडफोड भएको छ । सुरक्षाकर्मीले अस्पताल वरिपरि कडा सुरक्षा व्यवस्था कायम गरेका छन् ।
आफन्तहरूले अस्पतालसँग संवाद गर्न खोज्दा अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताएका छन् । गत शुक्रबार कार्तिक ७ गते मात्रै सुत्केरीको मृत्यु भएको थियो र आफन्तहरूले अस्पतालको लापरबाही भएको आरोप लगाएका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.