त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा केहीबेर अघि भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १३ जनाको मृत्यु भए"> त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा केहीबेर अघि भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १३ जनाको मृत्यु भए"> त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा केहीबेर अघि भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १३ जनाको मृत्यु भए" />

सौर्यको विमान दुर्घटनामा १८ जनाको मृत्यु, क्याप्टेनको उद्धार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा केहीबेर अघि भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ ।

पोखराबाट आएको सौर्य एयरलाइन्सको सो जहाज अवतरणका क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताए ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई भने उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीका अनुसार अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । विस्तृत विवरण आउन बाँकी छ ।

+