विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेकपा (एमाले) सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा घुसपैठ गरी अपराधजन्य गतिविधि बढाउनेसमेतलाई सरकारले तुरुन्त कारबाही गर्नुपर्ने बताएका छन् ।
शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनको नाममा निजी तथा सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने, गुण्डागर्दी गर्ने र देशभर आतंक सिर्जना गर्नेसमेतलाई सरकारले अहिलेसम्म कानुनी दायरामा नल्याएकोमा आक्रोश व्यक्त गरे ।
जेलबाट भागेका कैदीहरूलाई समेत नियन्त्रणमा लिन सरकार असफल रहेको उल्लेख गर्दै सचिव विश्वकर्माले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरे ।
‘जसले घुसपैठ गरी गुण्डागर्दी र आतंक फैलाए, सम्पत्ति नष्ट गरे ती अपराधीलाई सरकारले छानबिन गरी कारबाही किन गरिरहेको छैन रु जेलबाट हजारौँ कैदी फरार छन्, सरकारको भूमिकाबारे जनताले जवाफ मागिरहेको छ । ’उनले भने
सचिव विश्वकर्माले देश संकटमा परेको बेला आफ्नो पार्टीले समाधानका लागि निरन्तर पहल गरिरहेको दाबी पनि गरे ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.