विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका(६ सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बिहीबार बिहान इटहरीबाट भैरहवा जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।
दुर्घटनापछि बस चालक बाराको कोल्बि नगरपालिका(११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बस दुर्घटनास्थलमै रहेको र सडक भने सञ्चालनमै रहेको प्रहरीको भनाइ छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.