विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नारायणघाट(मुग्लिन सडक खण्ड अन्तर्गत तुईनखोला भन्ने स्थानमा आज बिहान ट्रक पल्टिँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।
बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ आउँदै गरेको कोइला लोड भएको ट्रक अनियन्त्रित भई पल्टिएका कारण दुबैतर्फ यातायात ठप्प भएको चितवन प्रहरीले जनाएको छ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन। दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ।
प्रहरीले अवरोध हटाएर सडक सुचारु गर्ने प्रयास गरिरहेको जानकारी दिएको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.