विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।
मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ ।
व्यक्ति हत्या प्रयासको आरोपमा सर्वोच्च अदालतले कात्तिक २० गते ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेको थियो । त्यसपछि उनी फोन स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.