विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका उर्मिला हायुसहितको परिवार पोखरामा फेला परेका छन्। उनीहरूलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ।
सोमबार राति पोखरा महानगरपालिका–३० गगनगौंडामा भेटिएका हायु परिवारका सदस्यहरूलाई प्रहरीको उपस्थितिमा धनबहादुर र अमिस तामाङको जिम्मा लगाइएको हो।
हायु परिवार केही दिनदेखि घर छोडेर बेपत्ता भएको थियो। प्रारम्भिक जानकारी अनुसार १६ जना बेपत्ता भएको भनिए पनि पोखरामा १९ जना फेला परेका छन् । प्रहरीले उनीहरू सबै हायु परिवारका सदस्य तथा नातेदार भएको पुष्टि गरेको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.