विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्सि शुक्रबार लिन गइरहेको विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्विप जारी गरेको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । नेपाली कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने समझदारी गरेपछि एमाले सरकारबाट बाहिरिइसकेको छ ।
सरकारमा सहभागी दल बाहिरिएको अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
नेपाली कांग्रेस र एमालेले सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन प्रधानमन्त्री दाहाललाई भने पनि उनले विश्वासको मतमा जाने अडान लिइराखेका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.