विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
आईसीसी यु–१९ महिला टी(२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदै छ। मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीले नेपाल क्रिकेट संघ ९क्यान० ले शुक्रबार टोलीको बिदाइ गरिसकेको छ।
महेशप्रसाद रिजाल प्रशिक्षक रहेको टोलीको कप्तानी पूजा महतोले गर्नेछिन्। विश्वकप माघ ५ देखि २० सम्म मलेसियामा हुँदै छ। क्यानका अनुसार १६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डको टिम रहेका छन्।
नेपालका लागि बङ्गलादेशबाहेक अन्य भने नयाँ प्रतिद्वन्द्वी टोली हुन्। नेपालले माघ ५ बाट बङ्गलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ। यसै गरी नेपालले माघ ७ मा स्कटल्यान्ड र ९ मा अस्ट्रेलियासँग खेल्ने तालिका तय भइसकेको छ ।
नेपाली टोलीः पूजा महतो ९कप्तान०, सोनी पाख्रिन ९उपकप्तान०, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुवँर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.