विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी जनयुद्धबारे महासमिति बैठकमा राखेको धारणा परिवर्तन भएको छ।
गत फागुनमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा खड्काले प्रतिवेदन पेस गर्दै माओवादी जनयुद्धलाई ‘कथित, अनावश्यक र विध्वंशकारी’ भनेका थिए।
खड्काको उक्त धारणा सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रले तीव्र असन्तुष्टि जनाएको थियो। त्यसलाई समेत ख्याल गर्दै खड्काले आफ्नो प्रतिवेदनमा प्रयोग भएको भाषा परिमार्जन गरेका हुन्।
बुधबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठकमा प्रतिवेदनलाई परिमार्जित गरेर पेस गरिएको छ।
गठबन्धनबारे गगनको मत यथावत्, माओवादी जनयुद्धबारे पूर्णबहादुरको प्रतिवेदन सच्याइयो
खड्काको परिमार्जित प्रतिवेदनमा पहिले प्रयोग भएका ती शब्दहरू हटाइएको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.