विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाण्डू, नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।
हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।
चिनियाँ पर्यटकमा जुदाड टाङ ९पुरुष०, जी लि ९पुरुष०, यियाद वु –९महिला० र जेमिङ सी ९पुरुष० रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.