राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।

आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने उनको भनाइ छ। संविधान संशोधनको सिँढी बनाएर वा खोल ओढेर सत्ता सहकार्यका लागि मात्रै मिलेको महसुस हुन थालेको सुनाए। प्रधानमन्त्री ओलीले भोलि सदनमा विश्वासको मत लिँदैछन्।

उनले कांग्रेस र एमालेको सहकार्य सत्ता स्वार्थको लागि मात्रै भएको आशंका लागेकोले तत्काल सरकारलाई विश्वास गर्ने वातावरण नभएको स्पष्ट पारे ।

+