मधेस प्रदेशमा रोजगारी अवसर उपलब्ध गराउन स्टार्टअप कार्यक्रम

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मधेस प्रदेश तथा मुलुकको अन्य ठाउँबाट बर्षेनी ठुलो सख्यामा युवाहरु रोजगारीका लागि पलायन हुने गरे पनि स्वदेशमा रोजगारीको अवसर उपलब्ध गराउन सरकारले ल्याएको स्टार्टअप कार्यक्रम सहयोगी हुने बताउनुभएको छ ।

मुख्यमन्त्री सिंहले शनिबार बीरगन्जमा मधेस प्रदेश उधोग बाणिज्य सङ्ध र औद्योगिक ब्यवसाय बिकास प्रतिष्ठानले सयुंक्त रुपमा आयोजना गरेको स्टार्टअप उद्यपि ९आन्टरपेनर्स० सम्मेलन २०२४ को उद्धाटन गर्दै सो कुरा बताउनुभएको हो ।

संघीय सरकारले ल्याएको स्टार्टअप कार्यक्रम समयसान्दर्भिक रहेको र यसले  कामको खोजिमा बिदेशीने युवालाई केही हदसम्म रोजागारीका अवसर स्वदेशमा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस्ता कार्यक्रममा सबैको साथ र सहयोगमा सफल हुने भएकाले मुलुकका उद्योगी ब्यापारीहरुको पनि महत्वपुर्ण योदानको आवश्यकता रहेको बताउनुभयो । संधीय सरकारले ल्याएको स्टार्टअप कार्यक्रम सफल भए सधींय सरकारसँग हातोमालो गर्दै प्रदेश सरकारले पनि कार्यक्रममा लगानी गर्ने बताउनुभयो ।

मुख्यमन्त्री सिंहले ठुलो संख्यामा पुरुष पलायन हुँदा महिलाहरु घरमा मोबाइल तथा टेलिभिजन हेरेर बस्ने गरेकोमा स्टार्टअप कार्यक्रमसँग महिलालाई जोडेर लधु उद्योग घरेलु हस्तकला घरेलु समानको उत्पादनमा सलग्न गराए महिला उद्यमीहरुले पनि काम तथा रोजगारीको अवसर पाउने बताउनुभयो ।

मधेस प्रदेशको उद्योग बाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँले स्टार्टअपले सबैलाई समान अवसर प्रदान गर्ने भएकाले प्रदेशका युवा शक्तिलाई अगाडि बढ्न मद्दत मिल्ने बताउनुभयो ।

बीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले स्टार्टअप कार्यक्रम मधेस प्रदेशका लागि उर्वर भुमिको रुपमा आएकाले यसबाट युवा उद्यमीले बढीभन्दा बढी सदुपयोग गरी लाभ लिनुपर्ने बताउनुभयो । उहाँले चुनौतीलाई स्वीकार गरेर नबढेसम्म अवसर पाउन नसकिने भएकाले अघि बढ्न युवालाई प्रेरित गर्नुभयो ।

गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चमरियाले स्टार्टअप कार्यक्रमले युवा पुस्तालाई प्रोत्साहन गर्न तथा उर्जावान बनाउनुका साथै आफूले सिकेको सिपको अधिकतम उपभोग गरी लाभ लिन सकिने भएकाले सबैथोक भए पनि पैसा नभएकाहरुका लागि स्टार्टअप कार्यक्रम उपयोगी भएको बताउनुभयो ।

उद्योगी ब्यवसाय बिकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले सरकारले स्टार्टअप कार्यक्रमका लागि आ।ब। २०८०–८१ का लागि एक अर्ब बिनियोजन गरेको बताउनुभयो । तीन प्रतिशतको ब्याजमा पाँच बर्षका लागि २५ लाख रुपियाँ माघको अन्तिम सातादेखि बितरण गर्ने जाकारी दिनुभयो ।

कार्यक्रममा मधेस प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष सोहन साह, उद्योग बाणिज्य महासङ्धका उपाध्यक्ष हेमराज ढकाल, बीरगन्ज उद्योग बाणिज्य सङ्धका उपाध्यक्ष हरि गौतम, स्टमर्टअप समिति मधेस प्रदेशका अध्यक्ष अनुप अग्रवाल र अशोक लाठले कार्यक्रमको उद्देश्य बारेमा सहभागी लगभग चारसय ५० युवा उद्यमी र क्याम्पसका बिधार्थीलाई जानकारी गराएका थिए ।

+