विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
कर्णाली विकास बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्रवीर राय पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले रायलाई शनिवार पक्राउ गरेको हो ।
निक्षेपकर्ताको निक्षेप अपचलन गरी व्यक्तिगत प्रयोजनमा लगाई निक्षेप फिर्ता गर्नसमेत नसकेपछि ब्युरोमा उजुरी परेको थियो । उजुरीपछिको अनुसन्धानमा राय सहितका पदाधिकारी र व्यक्तिहरूले रकम अपचलन गरेको पाइएपछि रायलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियाबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ । रायले २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बैंकिङ इतिहासकै ठुलो घोटाला
नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई २०८१ पुस १० गते ‘समस्याग्रस्त संस्था’ घोषणा गर्दै यसको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो । बैंकले न्यूनतम पुँजी पर्याप्तता अनुपात कायम गर्न नसकेको, कमजोर संस्थागत सुशासन, तरलता अभाव, र ४०।८५ प्रतिशत नन परफर्मिङ लोन ९एनपीएल० अनुपात रहेको राष्ट्र बैंकको अनुसन्धानमा देखिएको थियो ।
१ अर्ब २६ करोडको अपचलन राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धान
बैंकका संस्थापक अध्यक्ष तथा पूर्व सिइओ राजेन्द्रवीर राय । तस्वीर स् रायको फेसबुक ।
नेपाल राष्ट्र बैंकका सञ्चालक समिति अध्यक्ष डा। ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले कर्णाली विकास बैंकमा तत्कालीन समयमै करिब १ अर्ब २६ करोड रुपैयाँ अपचलन भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो । छानबिन अनुसार, पूर्व अध्यक्ष एवं सिइओ रायले करिब ७० करोड, पूर्व सिइओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख बेदप्रसाद ठकुरी र हालका सिइओ निरजविक्रम शाहले करिब २०(२० करोड रुपैयाँ अपचलन गरेको प्रारम्भिक रिपोर्ट थियो । तर सिआईबीले गरेको थप अनुसन्धानमा बैंकको २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको पाइएको हो ।
फर्जी प्रमाणपत्र र एनआरबीको कारबाही
बैंकको कोर बैंकिङ प्रणाली ९सिबिएस० मा देखिएको रकम र वास्तविक खातामा रहेको रकमबिच ठुलो अन्तर देखिएको छ । बैंकले अन्य बैंकहरूमा रहेको खाताको फर्जी प्रमाणपत्र तयार पारेर नेपाल राष्ट्र बैंकलाई बुझाएको पाइएको छ । राष्टङ बैंकले यस्तो वित्तीय अनियमितता देखिएपछि बैंकको व्यवस्थापन नियन्त्रणमा लिएको थियो भने थप अनुसन्धानका लागि सिआईबीलाई लेखी पठाएको थियो ।
अन्य वित्तीय संस्थाहरू पनि निगरानीमा
कर्णाली विकास बैंकको घोटालापछि राष्ट्र बैंकले अन्य छ वटा विकास बैंक र वित्तीय संस्थाहरूको तरलता स्थिति पनि अध्ययन गर्न थालेको थियो । सप्तकोसी विकास बैंक, एक्सेल विकास बैंक, नारायणी विकास बैंक, सिन्धु विकास बैंक, जनकी फाइनान्स र पोखरा फाइनान्स पनि राष्ट्र बैंकको निगरानीमा आएका थिए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.